उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उहाँले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गर्नुभएको …
काठमाडाैं।उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। २५६५ औँ जन्मजयन्ती तथा किरात राई,याक्खा,सुनुवार,लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व,चण्डीपूर्णिमाका अवसरमा सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका हुन्।महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले आमजनताको साथ र सहयोगको खाँचो औँल्याए।