काठमाडौं, असार २३ । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन। कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री दाहालको अभिव्यक्ति विवादमा आएपछि उनलाई संसदमा आफ्ना […]