काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन)सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरु गर्ने भएको छ ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको अध्यक्षतामा आइतबार बसेको बैठकले ललितपुर–२६, सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा ५० शय्याको आइसोलेसन सेन्टर सुरु गर्ने निर्णय गरेको हो ।
नेपाल युथ फाउन्डेसन,...