काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पार्नुभएको छ । पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताउनुभएको हो ।
आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनुभयो । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन न...