प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।