नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ओम शर्माले सत्ता गठबन्धनलाई मंसिर ४ को आम निर्वाचनमा भोट दिएर विजयी गराउन आग्रह गरेका छन् । प्रतिगमनकारी शक्तिलाई यो निर्वाचनबाट जनताले पाठक सिकाउन जरुरी रहेको उनको भनाइ छ । बिहीबार दोलखाको मेलुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष समेत रहेका शर्माले भने– ‘दुई दुई चोटी संसदलाई विघटन गर्नेलाई जनताले फेरि किन भोट दिने ? यो पटक परिवर्तनको पक्षमा रहेका जनताले गठबन्धनलाई चुनाव जिताउनुपर्छ र मलाई जनताले स