खार्पुनाथमा मोडर्ना खोप लगाउने बालबालिका न्यून

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने अभियानमा बालबालिकाको सहभागिता न्यून देखिएको छ। लक्ष्यभन्दा निकै कम बालबालिका गाउँपालिकामा भेटिएपछि निर्धारित समयअगाडि खोप लगाउने कार्य सम्पन्न भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले सबै वडामा गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका ६०३ ले मात्र खोपको पहिलो मात्र लगाएको बताए। शाखाले १०५० जना […]

सम्बन्धित सामग्री

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने ह

हुम्लाका ९०.६१% बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुस १८, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० दशमलव ६१ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।  स्वास्थ्य कार्यालयको सहकार्यमा सातओटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९० दशमलव ६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । ती पालिकाका ती उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई  ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको हो । ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७ ,ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन् । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् ।  यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्‍याउन कठिनाइ हुने जानकारी दिइएको छ । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुंगो लागिनसकेको उनले बताए । यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक/दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ  ।   जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो ।  पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत ती उमेर समूहका बालबालिकाको संख्या छ हजार ६७ रहेको जानकारी दिइएको छ । रासस

रुकुम पूर्वका ६ हजार बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

पुस १६, रुकुम पूर्व । रुकुम पूर्व मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् ।  जिल्लामा खोप अभियान शुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् ।  जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्वका कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए । सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडर्ना खोपको पहिलो मात्रा लगाएका हुन् । पुथाउत्तरगंगा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताए ।  उनका अनुसार जिल्लामा यही पुुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगंगा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो ।  स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ । खोप कार्यक्रम शुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करीब साढे ६ हजारको हाराहारीमा रहेको आकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म खोप लगाएका बालबालिकाको संख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताए । स्वास्थ्य कार्यालयमा पुस २० गतेसम्म मोडर्ना खोप लगाउने कार्यक्रम चल्ने बताइएको छ । रासस

पुस ४ गतेबाट बालबालिका तथा गर्भवति महिलालाई मोडर्ना खोप लगाँइदै

काठमाडौं, २६ मंसिर । कोरोना भाइरसविरुद्धको १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई पुस ४ गतेदेखि यो खोप लगाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गतको यो खोप गर्भवति महिलाहरुले पनि लगाउन सक्नेछन् । यो खोप देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान […]