नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर