संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका सर्वसाधारणले घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुशी व्यक्त गरेका छन्। जिल्लामा एउटा सरकारीसहित ३ अस्पताल छन्। जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ तर दुर्गम बस्तीमा भने स्वास्थ्य सेवा निकै कमजोर छ।भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांशलाई