अब राप्रपा नेपालमा तीनजना प्रवक्ता

काठमाडाैं : राप्रपा नेपालले तीन जनालाई पार्टीकाे प्रवक्ताका रुपमा चयन गरेकाे छ। साे दलमा यस अघि नै बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ताका रुपमा कार्यरत छन्।अध्यक्ष कमल थापाले आज पार्टीको जिम्मेवारी हेरफेर गर्दै साे निर्णय गरेका छन्।उनले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्ष, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्री र केन्द्रीय सदस्य श्री बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन्।प्रवक्ता आचार्यले आज एक विज्ञप्ति

सम्बन्धित सामग्री

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग्दै राप्रपा नेपाल सडकमा

राप्रपा नेपाल सडकमा उत्रिएको छ । प्रदेश र धर्मनिरपेक्षता खारेजी, हिन्दु राष्ट्रको पहिचानलगायतका माग राखी राप्रपा नेपालका विभिन्न जनवर्गाीय संगठनले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरे । प्रदर्शनको अगुवाई पार्टी अध्यक्ष...

राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

राप्रपा नेपाल कर्णाली  प्रदेश अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरेको हो ।  पार्टी अध्यक्ष कमल...

राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाले  प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई...

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् । चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात

कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए ।  राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए ।  तर, लिङदेनले सो विषयमा कुनै च...

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं : पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बो

कमल थापाले ब्यूँताए राप्रपा नेपाल, फागुन ७ मा घोषणा गर्ने

१ फागुन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्यूँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् । २०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले […]

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ