५१६ आयोजनालाई १७ हजार हेक्टर वन क्षेत्र

मुलुकमा सञ्चालित ५ सय १६ आयोजनाका लागि करिब १६ हजार ७ सय हेक्टर वन क्षेत्र उपलब्ध गराइएको छ । मुलुकको विकासका लागि पूर्वाधार विकास तथा अन्य परियोजनाहरू सञ्चालन गर्न आवश्यक रहेकाले वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वनको जग्गा जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधार निर्माणको प्रयोजनका लागि उपलब्ध गराइएको हो ।

सम्बन्धित सामग्री

तयार हुँदै प्रशासनिक भवन

पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)को मुख्य प्रशासनिक भवनको पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमा सरकारी जमिन वन क्षेत्र प्राप्त गरे पनि रोकिएको प्रक्रिया आर्थिक वर्ष २०७६/७७ मा मुख्य प्रशासनिक भवनको काम सुरु भएको हो । नयाँ वर्ष २०७८ वैशाखमा सम्पन्न गर्ने गरी ठेक्का भएको सो भवनको कार्य कोरोनाका कारण केही समय लम्बिएको सेजका योजना शाखा प्रमुख माधवेन्द्र चौधरीले बताउनुभयो । वि.सं. २०६८ साल साउन २० गते पाँचखालमा सेज स्थापना गर्न जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले वन मन्त्रालयको सिफारिसमा एक हजार रोपनी जग्गा उपलब्ध गराएपछि सेजको कार्यक्रम अगाडि बढेको थियो । प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि दुई अर्ब ९५ करोड २७ लाख १७ हजार रुपियाँको अनुमानित लागत तयार गरेको थियो ।