धनगढी । कोरोना पोजेटिभ देखिएकाहरु सीमा नाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एण्टीजेन परिक्षण गर्दा पोजेटिभ देखिएकाहरु सम्पर्कविहीन हुने संख्या बढ्दो छ । एण्टीजेन पोजेटिभ देखिएका १५–२० जना दैनिक सम्पर्कविहीन हुने गरेका स्वास्थ्य परिक्षणमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भारतबाट फर्केनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रुपमा बढीरहेकाको […]
The post नाकाबाटै सम्पर्क विहीन हुन्छन् संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.
भारतबाट नेपाल आउने क्रममा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका व्यक्ति सीमाबाटै फरार हुन थालेका छन् । सीमा नाकामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि होल्डिङ सेन्टरमा राखिने व्यक्तिहरू विभिन्न तरिका अपनाएर भाग्ने गरेको त्रिनगर स्वास्थ्य परीक्षण केन्द्र गौरिफन्टाले जनाएको छ । ‘धेरै कोरोना संक्रमित मोहना नदी तरेर नेपाल भाग्ने गरेका छन्,’ त्रिनगर स्वास्थ्य केन्द्रका संयोजक गणेश साउँदले भने, ‘केही व्यक्ति नेगेटिभ रिपोर्ट भएका व्यक्तिसँग रिपोर्ट साटेर प
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् ।प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय
कैलाली : सुदूरपश्चिमको गौरिफन्टा नाका हुँदै भारतबाट आएका ५४ जनामा कोरोना संक्रमण पुष्टि एको छ। मंगलवार र बुधवार कैलालीको त्रिनगर-गौरिफन्टा हुँदै आएका ७ सय ८० जनामा एन्टिजेन परीक्षण गर्दा ५४ जनाको नतिजा पोजेटिभ देखिएको हो।
स्वास्थ्य सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार मंगलवार २३ जनामा पोजेटिभ देखाएको थियो। त्यस्तै,…
सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । “ सीमानाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौँ”, जिल्ला स्वास्थ्य कार्यालय कञ
जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण दर निकै बढेको छ ।प्रदेशका सबै जिल्ला भारतसँग सीमा जोडिएका र सीमा क्षेत्रमा कडाइ नगरिएका कारण दुई साता यता प्रदेशमा संक्रमण दर उल्लेख्य बढेको जानकारहरुको भनाइ छ ।वैशाख ४ गतेको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा एन्टिजेन विधिबाट ६ वटा नमुना परिक्षण गर्दा एकजनामा पोजेटिभ पाइएक
कञ्चनपुर। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। भारतमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका नहुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको हो।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको थियो।
काठमाडौं : पछिल्लो ६ दिनमा भारतबाट आएका ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतीय सीमा नाकामा रहेको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो। भारतमा संक्रमण दर बढ्दै गएपछि सरकारले सीमा नाकामा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाएको हो।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार एन्टिजेन पोजेटिभ देखिएकाको पिसिआर परीक्षण पनि गरिएको बताए। पिसिआर पोजेटिभ देखिएका केहीको जिन सिक्वेन्सिङ माध्यमबाटसमेत