ओमिक्रोन भाइरस : प्रदेश–२ का सीमा नाकामा कडाइ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् ।प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय