स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्युट भरतपुरमा बनाइने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पर्याप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्युट यही अस्पताल परिसरमा बनाउनुपर्ने उनले बताए । अस्पतालको आज निरीक्षणपछि उनको सम्मानमा गरिएको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्युट बन्न नसक्ने बताए ।सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेल