कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।...
२६ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु […]
म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।मुस्ताङको घरपझोङ गाउँपालिका–२
निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस
सिमकोट, २१ फागुन । सिमकोटमा छिमेकी जिल्ला मुगुदेखि दैनिक उपभोग्य सामग्रीदेखि व्यवसायीहरुको अन्य सामग्री ढुवानीमा प्रयोग गर्दै खच्चड । यहाँ पैदलमार्गबाट भित्रिएको सरसामानको मूल्यमा कम पर्छ । तस्वीरः दाने बोहरा÷रासस
हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस
१५ मंसिर, गोरखा । चुमनुव्री गाउँपालिका-४ सिर्दिवासबाट खच्चड लिएर जाने क्रममा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाग्लुङ जिल्ला घर भइ हाल गोरखा बस्दै आएका ४१ वर्षीय वीरबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो २६ वटा खच्चड लिएर उनी सिर्दिवासबाट नाम्रुङ गएका थिए । सोही क्रममा लडेर उनी एक […]
उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”