निषेधाज्ञामा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकालाई पनि जरिवाना

सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन ।बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । कार

सम्बन्धित सामग्री

महामिटरब्याजी सरकार!

पहिलो, यो देशमा एउटा यातायात व्यवस्था विभाग नाम गरेको सरकारी अड्डा छ। यसले सवारी चालक अनुमतिपत्र नवीकरण पनि गर्छ। यस क्रममा जहिलेसम्म तिरिसक्नुपर्ने हो, त्यसको भोलिपल्टै गएमा पनि एक सय प्रतिशत जरिवाना लिन्छ।...

जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने

चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो ।जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  । ऋण जोहो गरेर अटो खरिद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए । विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्त

चार वर्षपछि जुम्लामा चालक अनुमतिपत्र वितरण हुँदै

चैत ७, जुम्ला । चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा खुसी छाएको छ  ।  ऋण जोहो गरेर अटो खरीद गरी सञ्चालन गरेपनि सवारी चालक अनुमति पत्र नहुँदा जरिवाना तिर्न बाध्य भएका जुम्लेलीले अब जिल्लामै चालक अनुमतिपत्र पाउने भएपछि उनीहरु खुसी भएको स्थानीयवासी पदम बुढाले बताए ।  विगत चार वर्षदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र दिइने कार्य गत फागुन अन्तिम साताबाट जुम्लामै शुरु भएको छ ।  चालक अनुमतिपत्र दिइने भएपछि सबैभन्दा बढी राहत अटो चालकलाई भएको यातायात व्यवस्था कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले जानकारी दिए ।  बढ्दो माग र जनगुनासोपछि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको यातायात व्यवस्था कार्यालय जुम्लाले जानकारी दिएको छ । रासस

ट्राफिक प्रहरी कार्यालय रामनगरद्वारा करीब २५ करोड राजस्व संकलन

साउन २, चितवन । वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रू. २४ करोड ७४ लाख ४१ हजार ५०० राजस्व संकलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजस्व संकलन गरेको हो ।  कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा गत आार्थिक वर्षमा १२५ दशमलव ३४ प्रतिशतले राजस्व वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा एक लाख ५१ हजार १२१ सवारी कारबाहीबाट रू. १० करोड ९८ लाख ६ हजार ५०० राजस्व संकलन भएको थियो । आर्थिक पारदर्शीता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धीकरण ल्याएका कारण राजस्वमा वृद्धि भएको कोइरालाको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रू. २० लाख ३५ हजार ५०० राजस्व संकलन भएको छ ।  उनका अनुसार आर्थिक प्रलोभनबापत रू. तीन लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरूलाई जरिवाना गरेर पूर्ण राजस्व असुल गरिएको थियो । सो क्रममा एक हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए । कार्यालयले बढी भाडा लिने ६२ ओटा सवारी साधनबाट ५६२ जनासँग लिएको रू. पाँच लाख ८५ हजार १०० फिर्ता गराई रू. दुई लाख ८७ हजार जरिवाना गराएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक नराखेका १६२ ओटा सवारीबाट रू. एक लाख ५४ हजार ५००, प्रयोजन विपरीत सञ्चालन भएका १६ हजार ३९५ सवारीबाट रू. एक करोड ७५ लाख ६ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका एक हजार ४३७ सवारीका चालकबाट रू. १४ लाख ४७ हजार जरिवाना संकलन गरेको कार्यालयले जानकारी दिएको छ । यसैगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३ हजार ३३९ सवारीबाट रू. एक करोड २५ लाख २१ हजार, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने २५ हजार ५३० सवारीबाट रू. दुई करोड ६५ लाख ३९ हजार, हेल्मेट एवम् सिटबेल्ट नलगाई सवारी चलाउने १२ हजार ७३८ सवारीबाट रू. ८७ लाख ६८ हजार, ओभरलोड बोकेका ६७ हजार २९६ सवारीबाट रू. सात करोड २० लाख ६१ हजार, तीव्र गतिमा चलाउने पाँच हजार ९१६ ओटा सवारीबाट ५४ लाख ४६ हजार ५०० जरिवाना संकलन गरिएको कोइरालाले जानकारी दिए । गत आर्थिक वर्षमा भएका एक हजार ५१२ सवारी दूर्घटनामा परी जना ३३५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते एक हजार २४ र सामान्य एक हजार ८१६ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भएका ७९३ दूर्घटनामा ४०४ जनाको मृत्यु भएको थियो भने ७७६ जना गम्भीर घाइते र उक हजार १४२ जना सामान्य घाइते भएका थिए । धेरै दूर्घटना हुने नारायणगढ–मुग्लिन सडक खण्डमा सडक विस्तार गरेसँगै मानवीय क्षतिमा ४० प्रतिशतले कमी आएको कार्यालयले जानकारी दिएको छ । रासस

सवारी लाइसेन्स र रुट इजाजतको नवीकरण मंसिरसम्म गर्न पाइने, जरिवाना नलाग्ने

काठमाडौं।  मंसिर मसान्तसम्म  मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपास लगायतको जरिवाना नलाग्ने भएको

भदौ मसान्तसम्म सवारी साधनको लाइसेन्स नवीकरण गरे जरिवाना नलाग्ने

काठमाडौँः सरकारले भदौ मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण गर्दा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ। चैत ११ गतेपछिको बन्दाबन्दी (लकडाउन) अवधिमा लाइसेन्सको  म्याद सकिए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुपर्ने छैन। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्तसम्‍म नवीकरण