अर्थतन्त्र टाउकाले टेकेर हिँड्न थाल्यो, खुट्टाले टेकाउन राष्ट्रिय सहमतिको खाँचो : राष्ट्रपति

‘अति भो, हेर्नुस् त १७ खर्बको व्यापारघाटा,’ मंगलबार सञ्चारमाध्यमहरूका सम्पादकहरूसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘व्यापारघाटाले अर्थतन्त्र टाउकाले टेकेर हिँड्न थाल्यो । छिट्टै आफ्नै खुट्टाले टेकेर हिँड्ने बनाउनुपर्छ ।’

सम्बन्धित सामग्री

‘औषधिमा आत्मनिर्भर बनाउन लगानी वृद्धि गर्न आवश्यक’

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई औषधिमा आत्मनिर्भर बनाउन  लगानी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’को उद्घाटन गर्दै उहाँले मुलुकमा चाहिने औषधि मुलुकभित्रै उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ । औषधिमा आत्मनिर्भर बन्न स्वदेशमै व्यावसायिक जडीबुटीखेती प्रवर्द्धन गर्नुपर्ने समेत उहाँले बताउनुभयो । ‘कोभिडको समयमा पनि हामीले औषधि अभावको चुनौती बेहोर्‍यौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले औषधि उत्पादनमा लगानी बढाएर आपूर्ति व्यवस्था गर्न जरुरी छ । यसका लागि स्थानीय जडीबुटीको उत्पादनमै जोड दिनुपर्छ ।’ साथै निजीक्षेत्रले औषधिमा आत्मनिर्भर बनाउने संकल्प गरिरहेको बेला राज्यले पनि यसलाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन राज्य र निजीक्षेत्रले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देशमा आयात निर्यात, बैंकको ब्याज लगायतका क्षेत्रमा समस्या रहेको बताए । अहिलेको समस्याबाट मुक्त हुन सरकारले उद्योगमैत्री नीति ल्याउनुपर्ने उनले बताए । कोभिडले नेपालीलाई धेरै कुरा सिकाएको भन्दै उनले औषधिमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो औंल्याए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालीलाई स्वस्थ राख्न औषधिको भूमिका महत्त्वपूर्ण रहेको बताए । सहयोगका लागि सरकार तयार : उपाध्यक्ष पौडेल यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले औषधि उद्योगलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । उक्त एक्स्पोको दोस्रो दिन शनिवार आयोजित ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘औषधिको उत्पादन बढाउनुस्, आयात कम गर्न सहयोग गर्नुस् । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । साथै हाल नेपालको विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले निर्यातमूलक वस्तुको उत्पादन बढाउनुपर्ने बेला आएको उनले बताए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशमा औषधिको उत्पादन बढाई आत्मनिर्भर बनाउन विदेशी लगानी पनि आवश्यक रहेको बताए । नेपालमा बढी प्रयोग हुने र अत्यावश्यक औषधिको उत्पादन बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाल गुणस्तरीय र अत्यावश्यक औषधि उत्पादन गर्न सक्षम भएको बताए । साथै २०३५ सालमा बनेको औषधि ऐन अद्यावधिक गरिनुपर्ने उनले औंल्याए ।

संघीयता कार्यान्वयन गरी मुलुक आर्थिक रुपान्तरणमा गयो– राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुल आधार कृषि क्षेत्र भएकोले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी हुन् । उनले विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताइन् । राष्ट्रपति भण्डारीले मुलुकको समग्र...

राष्ट्रपति भण्डारी भन्छिन्– छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको बताएकी छिन् । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको उनले बताएकी छिन् ।  जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा...