काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास तालिम संचालन गर्ने भएको छ । युवालाई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद र संखुवासभाको चैनपुर नगरपालिका बीच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका