सरकारले पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको छ ।
सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मन्त्रिपरिषद्को सिफारिसमा रेग्मीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।
सोमवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'आज मिति २०७७ साल माघ ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री लोकदर्...