। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ