विराटनगर : कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।मुख्यमन्त्री कार्कीको सम्पत्तिमुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ति विवरणमा उनका दाजु दिपक कार्की र आफ्नो नाममा झापा गौरादह-१ मा कठ्ठा १० धुरमा बनेको दुईतले पक्की घर रहेको उल्लेख छ।गौरादह-३ मा ३ कठ्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अन्जना पाण्डेको