नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरन म्याके जिम्मेवारी सम्हाल्ने क्रममा ओहदाको प्रमाण पत्र बुझाउनको लागि यही साता नेपाल आइपुगे । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसामु ओहदाको प्रमाणपत्र बुझाए । त्यसपछि राजदूत म्याकेले नेपालका केही मन्त्रीहरुसँग शिष्टाचार भेटवार्ता गरे, जहाँ उनको छलफल द्विपक्षीय सम्बन्धका बारेमा केन्द्रित रह्यो ।