सत्ता गठबन्धनमा रहेको सानो वामपन्थी दल राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा १ सीट पाउने भएको छ ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनले भागबण्डा मिलाउँदा जनमोर्चाले १ सीट पाउने सहमति भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमवार बसेको गठबन्धनको बैठकले दलहरूबीच भागबण्डा टुंग्याएको हो ।
यसअघिका सीट यथावत रहने गरी बाँकी ८ सीटमध्ये कांग्रेसले ३, नेकपा माओवादी केन्द्र र नेकपा एसले १/१ तथा जसपाले २ र जनमोर्चाले १ सीट पाउने सहमति भएको छ ।
रिक्त हुन लागेका सीटमा एमालेका ८, नेकपा माओवा...