चितवनको लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किए : एक जनाको ज्यान गयो

काठमाण्डाै - चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार, ना ७ ख १३७१ नम्बरको ट्याङ्कर र बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे । दुर्घटनामा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । ट्याङ्कर चालक र कार चालक पक्राउ परेका पनि...

सम्बन्धित सामग्री

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने ट्याङ्कर चालकहरुको माग

काठमाडाैँ – नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए। उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै […]

तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

काठमाडौँ,१७ जेठ । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको […]

पाेखरामा तेलको ट्याङ्कर पल्टिँदा राेकियाे उडान

काठमाडाैँ- पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ। पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए। आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो। अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले […]

निगम र ट्याङ्कर चालकबीच कुरा मिल्यो, पेट्रोल उठाउन सुरु

काठमाडौं, २० चैत्र । नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकबीच सहमति भएको छ । दुई टोलीबीच थानकोटस्थित आयल निगमको डिपोमा भएको वार्तापछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका हुन् । ट्याङ्कर चालकहरुले केही सेवा, सुविधा माग गर्दै आइतबार चालकहरुले विभिन्न माग राख्दै तेल लोड/अनलोड गरेका थिएनन् । पम्पहरुमा तेल नगएको सवारी […]

जुम्लामा दुग्ध उत्पादकलाई ट्याङ्कर अनुदान

जुम्ला : पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले महिला उद्यमीलाई दूध ट्याङ्कर उपलब्ध गराएको छ। महिला उद्यमीको सहजका लागि पशु अस्पताल तथा सेवा कार्यालयले अनुदानमा दूध ट्याङ्कर उपलब्ध गराएको हो।यस कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए। उनले भने, ‘एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

खलङ्गा । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन […]

तेलको ट्याङ्कर त्रिशूलीमा खस्योः चालक र सहचालक वेपत्ता

काठमाडौं, पुस १५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर हिजो साँझ त्रिशूलीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो। ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए । […]

ट्याङ्कर त्रिशूलीमा खस्यो, ट्याङ्करको केही भाग पानीमा देखिएपनि चालकलगायत बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो । ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए ।

इन्धन भर्न लामबद्ध ट्याङ्कर

नेपाल आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा इन्धन भर्न लामबद्ध ट्याङ्कर । तस्वीर, रासस