काठमाडौँ– राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरुमा नेपालको पुरानो नक्सा रहेको भन्दै सच्याउन अनुरोध गरेका छन्। राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनु पर्ने आवश्यकता औंल्याए। उनले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको […]