काठमाण्डाै - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ ।
देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उहाँको दाबी छ ।
सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग ...