काठमाडौं : लामो समयदेखि बन्द गरिएको ऐतिहासिक खुलामञ्च अब सर्वसाधारणका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले अहिले ढलान गरिएकाे पीच र कंक्रिट हटाउने काम गरिरहेको छ। काठमाडौं महानगरपालिकाले उक्त खुलामञ्चको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिका वडा २७ र २८ लाई दिएको छ। महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीका अनुसार अहिले त्यहाँ भएका कंक्रिट निकाल्ने काम जारी छ। सबै ठाउँ सम्याइसकेपछि हरियाली बनाइने छ।‘त्यहाँ दुबो रोपिने छ,वृक्षरोपण गरिने छ,सबै काम सकि