एशेज शृङ्खलाकाे चाैथाे टेस्ट राेमाञ्चक बराबरीमा सकियाे

काठमाण्डौ – एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनायो । खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकियो । तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न ...

सम्बन्धित सामग्री

पाकिस्तान–न्युजिल्यान्डबीचकाे दाेस्राे टेस्ट पनि बराबरीमा सकियाे

काठमाण्डाै – पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पनि बराबरीमा सकिएको छ । न्युजिल्यान्डले दिएको तीन सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले नौ विकेट गुमाएर तीन सय चार रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो । पाकिस्तानका लागि सरफराज अहमेदले एक सय १८, शन मसूदले ३५, सउद शकीलले ३२ र अघा सलमानले ३० रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले चार तथा कप्तान टिम साउथी र इश सोधीले दुई–दुई विकेट लिए । दोस्रो पारीमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै पारी सकिएको घोषणा गरेका थियो । ...

भारत र न्युजिल्यान्डबीचकाे पहिलाे टेस्ट बराबरीमा सकियाे

काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो । हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआ...