पाकिस्तान–न्युजिल्यान्डबीचकाे दाेस्राे टेस्ट पनि बराबरीमा सकियाे

काठमाण्डाै – पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पनि बराबरीमा सकिएको छ । न्युजिल्यान्डले दिएको तीन सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले नौ विकेट गुमाएर तीन सय चार रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो । पाकिस्तानका लागि सरफराज अहमेदले एक सय १८, शन मसूदले ३५, सउद शकीलले ३२ र अघा सलमानले ३० रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले चार तथा कप्तान टिम साउथी र इश सोधीले दुई–दुई विकेट लिए । दोस्रो पारीमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै पारी सकिएको घोषणा गरेका थियो । ...

सम्बन्धित सामग्री

भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो

एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो । पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन […] The post भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो first appeared on Hamro Khelkud.

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट बराबरी

दक्षिण अफ्रिकाका ब्याटस्म्यान सारेल अर्वी र टेम्बा बाभुमाले अस्ट्रेलियाका बलरहरूलाई निराश बनाएपछि दुई देशबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । टेस्टको अन्तिम दिन फलोअनमा परेको दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि

इङल्यान्ड-अस्ट्रेलियाबिचको चौथो टेस्ट बराबरी

अस्ट्रेलियामा जारी एसेस सिरजअन्तर्गत अस्ट्रेलिया र इङल्यान्डबिचको चौथो टेस्ट बराबरीमा सकिएको छ।चौथो टेस्टको अन्तिम दिन जितका लागि इङल्यान्डलाई ३५८ रन आवश्यक थियो भने अस्ट्रेलियालाई १० विकेट लिनुपर्ने थियो।यस्तोमा इङल्यान्ड ९ विकेट गुमाएर २७० रनमा अविजित रहेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो।पराजय उन्मुख इङल्यान्डलाई स्टुआर्ट ब्रड र जेम्स एन्डरसनले जोगाउँदै खेल बराबरीमा पुर्‍याए। दोस्रो इनिङमा इङल्यान्डलाई ३८८ रनको लक्ष्य दिएको थियो।चौथो दिन ३० रन बनाएर अविजित फर्किएको अन्तिम दिन भने ९ विकेट

एशेज शृङ्खलाकाे चाैथाे टेस्ट राेमाञ्चक बराबरीमा सकियाे

काठमाण्डौ – एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनायो । खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकियो । तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न ...

भारत र न्युजिल्यान्डबीचकाे पहिलाे टेस्ट बराबरीमा सकियाे

काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो । हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआ...

बराबरीमा टुंगियो भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट

काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए

भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो

एजेन्सी। वर्षाका कारण अन्तिम दिन वासआउट भएपछि भारत र अमेरिकाबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। अन्तिम दिन भारतलाई जितको लागि १५६ रनको आवश्यकता थियो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ र दोस्रोमा ३०३ रन बनाएको थियो। पहिलो इनिङमा २७८ रन बनाएको भारतले चौथो दिन सकिँदा ५२र१ को स्थितिमा थियो। इङ्ल्यान्डका जो रुटले १०९ रन बनाए। भारतका जसप्रित बुमराहले ५ विकेट लिए।

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरी

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिन पुगेको हो । पाँचौं दिन लगातार वर्षा हुँदा एक बल पनि हुन सकेन । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक पर्दा हातमा ९ विकेट थियो […]

भारत र न्युजिल्यान्डबीचको टेस्ट च्याम्पियनसिपको फाइनल आजबाट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन्। फाइनल टेस्ट बराबरीमा सकिए पुरस्कार रकम बराबर बाढिने छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउने छ।