बागमती प्रदेशको प्रदेश सभाको बैठक आइतकार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका छन् ।विनियोजन विधेयक २०७९ माथिको छलफल गर्ने कार्यसूची रहेकोमा आइतबारको बैठक एमालेका प्रदेश सभाका सदस्यले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् । बैठकको सुरुमा एमालेका प्रदेश सभाका सदस्यले प्रदेश बजेट मूल्य मान्यताविपरीत आएको भन्दै उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका प्रमुख सचेतक दीपक निरौलालाई बोल्न समय दिनुभएको थियो ।