पश्चिम नेपालमा शक्तिशाली भूकम्प, कहाँ थियो केन्द्रबिन्दु ?

मंगलबार पश्चिम नेपालमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार रात ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज कार्तिक २२ गते मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का भारतको सीमावर्ती क्षेत्रमा समेत महशुस भएको थियो ।अमेरिकी भुगर्व सर्वेक्षणले उक्त भूकम्प १० किलोमिटर गहिराईमा उत्पन्न भएको जनाएको छ  । सोहि कारण धेरै हल्लाएको महशुस भएको हो ।यस अघि गत आइतबार अर्थात् कार्तिक २० गते राति १० बजेर १३ मिनेटमा ताप्लेजुङ केन्द्र भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस अघि कार्तिक १३ गते राति ९ बजेर २६ मिनेटमा बझाङ केन्द्र भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

सम्बन्धित सामग्री

इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प

क्वालालम्पुर- इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ। तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब […]

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु

इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर क्षेत्रमा केन्द्रबिन्दु भएर आज ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको हो।भूकम्पपछि मच्चिएको भागदौडमा ७ सय जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्।नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा खुल्ला स्थानमा पठाइएको छ। भूकम्पपछि इण्डोनेशियाको सियानजुर वरपर धेरै ठाउँमा

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।सुदूरपश्चिममा अहिले पनि  पराकम्प  ग

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिको सिटी- मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) […]

मेक्सिकोमा शक्तिशाली  भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको जनाएकाे छ । भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर  दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् । मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो ।

ताइवानमा शक्तिशाली भूकम्प

२ असोज, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

इन्डोनेशियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

एजेन्सी– इण्डोनेशियामा ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा द्वीपमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यस्तै, ८५ जना घाइते भएका छन् । विस्तृत विवरण भने आउन बाँकी छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको […]

हैटीमा शक्तिशाली भूकम्प गयाे

काठमाडाैं : हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।भूकम्प गएपछि मानिसहरु घरबाहिर भागेका छन्। अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। क्षतिको विवरण आइसकेको छैन।सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो। ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्त

जापानमा शक्तिशाली भूकम्प

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।  समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।