बारीभरि सात परिवारका लागि छुट्टछुट्टै घर बनाइदिएर राखेका छन्, मैवाखोला गाउँपालिका–३ साँघुका पहलमान चोङवाङले । तरकारी बारी र अलैंचं बगान मासेर उनले सबैलाई पहाडे (हाते) कागज उत्पादनमा लगाएका हुन् । काम गर्ने मान्छे प्रशस्त पाइने भएपछि देशविदेशमा राम्रो माग हुने कागज र लोक्ता संकलन र निर्यातलाई जोड दिएका थिए ।