काठमाण्डाै – नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाषण गरेर मात्रै अर्थतन्त्रका समस्या र चुनौतीहरू समाधान हुन नसक्ने बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद कार्कीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीहरू अर्थमन्त्री र नेताहरूले भाषण गरेर मात्रै समाधान नहुने बताउनुभएकाे हाे ।उहाँले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो । आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको उहाँकाे भनाइ ...