गोप्य दस्तावेज चुहाएको अभियोगमा अमेरिकी एक सैनिक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए।चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशंकित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस

सम्बन्धित सामग्री

पाकिस्तानलाई गोप्य दस्तावेज बेचेको आरोपमा दुई भारतीय सैनिक पक्राउ

पाकिस्तानको गुप्तचर संस्था आईएसआईलाई ९०० वटाभन्दा बढी गोप्य कागजात उपलब्ध गराएको आरोपमा भारतका दुई सैनिकलाई पक्राउ गरिएको छ ।  भारतीय सेनाको नर्दन कमान्डमा यसअघि पनि दस्तावेजहरू शत्रु मुलुकलाई दिने घटना भएको छ ।  गत मे महिनामा लागूऔषध तस्करीको मुद्दामा अनुसन्धान हुँदा प्राप्त एक सूचनाको आधारमा पञ्जाब प्रहरीले ती सैनिकहरूलाई पक्राउ गरेको हो । उनीहरू हरप्रीत सिंह र गुरभेज सिंह भएको बताइएको छ । गुरभेज कार्गिलस्थित १२१ इन्फ्यान्ट्री ब्रिगेड हेडक्वार्टरमा क्लर्क थिए र संवेदनशील दस्तावेजमा उनको पहुँच थियो । उनले क...