पाकिस्तानको गुप्तचर संस्था आईएसआईलाई ९०० वटाभन्दा बढी गोप्य कागजात उपलब्ध गराएको आरोपमा भारतका दुई सैनिकलाई पक्राउ गरिएको छ ।
भारतीय सेनाको नर्दन कमान्डमा यसअघि पनि दस्तावेजहरू शत्रु मुलुकलाई दिने घटना भएको छ ।
गत मे महिनामा लागूऔषध तस्करीको मुद्दामा अनुसन्धान हुँदा प्राप्त एक सूचनाको आधारमा पञ्जाब प्रहरीले ती सैनिकहरूलाई पक्राउ गरेको हो । उनीहरू हरप्रीत सिंह र गुरभेज सिंह भएको बताइएको छ । गुरभेज कार्गिलस्थित १२१ इन्फ्यान्ट्री ब्रिगेड हेडक्वार्टरमा क्लर्क थिए र संवेदनशील दस्तावेजमा उनको पहुँच थियो । उनले क...