तस्वीर : सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै बेनीका कृषक

म्याग्दीको बेनी नगरपालिका–३ राखुको बगैँचामा टिपेको सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । म्याग्दीमा उत्पादन भएको सुन्तला बजार पठाउन अहिले कृषक र व्यापारीलाई भ्याइनभ्याइ छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

भोर्लेनीका सुन्तला

भोर्लेनीका कृषक सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै । २० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट यसपालि रु २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला निकासी भएको छ ।

सुन्तला विक्री गर्न व्यस्त धनकुटाका कृषक, वार्षिक २५ लाखसम्मको कारोबार

पुस २८, धनकुटा । धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, पाख्रिवास नगरपालिका र चौविसे गाउँपालिका अहिले सुन्तलाले पहेंलै भएको छ ।  बोटरभरी लटरम्म सुन्तला फलेका छन् । व्यापारी गाडी लिएर बगानमै पुग्ने भएकाले किसानलाई सुन्तला टिपेर विक्री गर्न भ्याइनभ्याइ छ ।  यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  धनकुटा नगरपालिका ३ सिप्तिङ्गको कृषक जलन राईका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तिमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला विक्री गर्छन् ।  यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभुमिको सुन्तला पर्ने गरेको छ ।  धनकुटा नगरपालिका ३ का कृषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला विक्री गर्ने तरखरमा छन् । २२ वर्षिय राई केहि वर्ष यता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै आएका छन् ।  करीब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गदै आएको छ । आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरु विदेशिने क्रम बढीरहँदा पनि उनी भने सुन्तला खेतीमै रमाइरहेका छन । कृषि पेशा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ । धनकुटा नगरपालिका ३ मा रहेका ५०५ घर परिवारमध्ये करीब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर विक्री गर्न व्यस्त हुन्छन । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राखिन्छ र क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ । रोगकिरा र बिचौलियाको समस्या सुन्तला टिपेर विक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा वर्षेनी समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउन त कहिले रोगकीराले बगान नै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेका हुन् ।  रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ ।  कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा करीब ६०० हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेक्ट्रिकटनभन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । तर, धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘५/६ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन,’ सहिदभुमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।  गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यसवर्ष १० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए ।  सुन्तलाकै नामले परिचित सहिदभुमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरु बताउँछन् । बोट नै सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ ।  कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादन सम्बन्धी तथ्यांक संकलन भइनसकेको जानकारी दिएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको बताइन् ।