काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग बुधबार बयान लिँदैछ। बिहान ११ बजे बस्ने बैठकमा समितिले जबरासँग बयान लिन लागेको हो। यसअघि भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बुधबार बोलाउने निर्णय गरेको थियो ।यसअघि समितिले जबराविरुद्ध कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो। संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गरी राणाविरुद्धको प्रमाण उपलब्ध गराउन भनेको थियो। सर्वोच्च अदालत बार एसोसिएसनले समितिलाई प्रमा