काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजकाे बयान सुरु भएको छ। सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेकाे स्राेतले जानकारी दिएकाे छ। आज बाँकी रहेका ३२ प्रश्न साेधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ। आजकाे बैठकमा दाेहाेराे शैलीमा पश्न नसाेध्ने गरी तयारी गरिएकाे थियाे। […]