बजारमा तिहारको रमझम (तस्बिरहरु)

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएसँगै त्यसको चाप बजारमा देखिन थालेको छ।...

सम्बन्धित सामग्री

आयातीत सामानबाटै तिहारको रमझम

तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो । तिहारका सामान किन्नेको भीड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेषगरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि भाइमसला, ओखर तथा ढाका टोपी, दीपावली गर्न मैनबत्ती र झिलिमिली बत्तीको कारोबार हुन्छ ।

बजारमा तिहारको रमझम

खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।