काठमाडौं : नेपाल बङ्गलादेश बैंकले नेपाल सरकारलाई ६६ लाखबराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ।
बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई पनि ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ।
उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटेर खरिद गर्ने बताइएको छ।
आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैकले ...