नेपाली काँग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः ३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए ।विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित परियार बिपीक