तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधीलगायतको सहयोग गर्ने घोषणा गरेका हुन् । इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो । यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन् । अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन् ।विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए । चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामाग्री पनि उपलब्ध गराउने भएको छ । अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुर्ननिर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ । तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो । सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ ।  

सम्बन्धित सामग्री

फ्रान्सले तालीवान सरकारलाई मान्यता नदिने

एजेन्सी । फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने घोषणा गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्या ब्यासल ड्रियानले तालिबान सरकारलाई मान्यता नदिने बताएका हुन। तालिवानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न केही कदम चाल्नु आवश्यक रहेको उनको भनाइ छ । तालिवानले समावेशी सरकार बनाउने भनेर झुठ बोलेको भन्दै उहाँले विदेशी सहयोग पाउन तालिवानले केही प्रतिवद्धताहरु […]

अफगानिस्तानको तालिवान सरकारलाई आर्थिक सहयोग गर्ने चीनको घोषणा

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ ।  विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमिरेट्स अफ तालिवानलाई प्रारम्भिक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।  अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता क

तालिवानलाई चीन र पाकिस्तानको बलियो साथ, अमेरिका र भारतको फरक रणनीति

एजेन्सी, २४ भाद्र । अफगानिस्तानमा सत्ता कब्जा गर्न तालिवानलाई चीन र पाकिस्तानको साथ रहेको चर्चा चलिरहँदा दुवै देशले सक्रियता बढाएका छन् । चीन र पाकिस्तानबीच दक्षिण एशिया मामलामा अघोषित एलाइन्स बनिरहँदा तालिवान सत्तामा आएपछि गतिविधि बढाएका हुन् । चीनले अफगानिस्तानलाई ३ करोड १० लाख डलरको सहयोग घोषणा गरेको छ । यो रकम खाद्यान्न र कोरोना […]

अफगानिस्तानमा नेटोका लागि काम गरेका दोभासेहरू चिन्तित, हजारौँ विस्थापित

अफगानिस्तानमा तालिबान लडाकूहरुलाई देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रबेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् ।  तालिवानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका