अफगानिस्तानमा तालिबान लडाकूहरुलाई देशका विभिन्न क्षेत्रमा नियन्त्रण कायम गरी राजधानी काबुलमा प्रबेश गरेपछि उनीहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने तयारी थालेका छन् । तालिवानले अफगानिस्तानलाई इस्लामिक राज्य घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका