काठमाण्डाै – नेपालको आर्थिक अवस्था सुधारतर्फ गइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार आएको देखिएको छ ।
कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा रहेको छ । चालु खाता घाटाको तथ्याङ्कमा पनि सुधार आएको छ । पोहोरको कात्तिकमा ...