निहारिका बलात्कार प्रकरण : डीएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

धनुषा : प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीवार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डीएनए…

सम्बन्धित सामग्री

निहारिकाकाे बच्चा र आराेपी शिवराजकाे 'डीएनए' मिल्याे !

काठमाण्डाै – महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण ...

निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्

निहारिकाको माग अनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

८ भदौ, काठमाडौं । उच्च अदालत जनकपुरले बलात्कार पीडित निहारिका राजपुतको माग सम्बोधन गर्दै आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय […]

निहारिकाका छोरा र आरोपी शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

जनकपुरधाम – उच्च अदालत जनकपुरले निहारिका सिंह राजपूतको बच्चा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। निहारिकाले शिवराजले आफ्नो बलात्कार गरेको भन्दै लामो समयदेखि आरोपितलाई सजाय र आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्। जिल्ला […]