माओवादी पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव माओवादी पदाधिकारीले रोजगारीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डसँगको अनौपचारिक...

सम्बन्धित सामग्री

११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल, ‘समस्या समाधान हुन्छ’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानी कम्पनीका परियोजनामा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ओटा ठूला परियोजनाका लगानीकर्तासँग शुक्रवार छलफलको क्रममा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उक्त अवसरमा लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानूनी सुधार गर्नुपर्ने, अन्तर निकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे ती कम्पनीका प्रतिनिधिले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उक्त अवसरमा प्रधानमन्त्री दाहालले त्यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताउनुभएको थियो । कानून संशोधन गर्ने र लगानीको वातावरण सहज बनाउनेबारे सरकार सकारात्मक रहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । छलफलमा अरुण–३ तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिन नारायणी परियोजना, नेपाल–चीनमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ता कम्पनीहरुले परियोजनाको प्रगति, कार्यान्वयन तथा चुनौतीका बारेमा जानकारी गराएका थिए । माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पश्चिम सेती र एसआर–६ परियोजना, माथिल्लो त्रिशूली–१, अपर मस्याङ्दी–२, डावर नेपाल र राइजन नेपाल सोलार इनर्जी प्रोजेक्ट लिमिटेडका प्रतिनिधिहरुले पनि आफ्नो परियोजनाको अवस्थाबारे आ - आफ्ना  धारणा राखेका थिए ।

लगानी बोर्डअन्तर्गतका ११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन्। सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी प्रधानमन्त्रीले लिएका हुन्। लगानी बोर्डको कार्यालयमा आज भएको छलफलमा विकासकर्ता कम्पनीहरुले आफ्ना परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री दाहालले ती समस्या […]

विमान दुर्घटनाबारे क्यान र चालक संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री दाहालले विमान दुर्घटना भइरहनुका कारण र न्यूनीकरणका उपायबारे चासो राखेका उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। बुधवार बिहान प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा…

मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीको छलफल, आवश्यक निर्देशन मंगलबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाएर मन्त्रालयका कामबारे जानकारी लिएका हुन्। सरकार प्रमुखको हैसियतले प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको काम कारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए।त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नु परेको

अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र गभर्नरसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रका बारेमा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेका छन् । सोमबार बिहान १० बजेदेखि...

मन्त्री र सचिवहरूसँग प्रधानमन्त्रीको छलफल

विकास निर्माणका परियोजनाको गति बढाउन निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको काम सुस्त भएकोमा असन्तुष्टि  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक मन्त्री र सचिवहरूसँग मुलुकको समष्टिगत अवस्थाबारे संयुक्त छलफल गरेका छन् । साढे...

मन्त्रीहरू र चारवटै सुरक्षा प्रमुखसँग कार्यबाहक प्रधानमन्त्रीको छलफल

कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका वेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा अलर्ट रहन मुलुकका चारवटै सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा...

निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं। चुनावको घोषणा भएसँगै निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग छलफल भइरहेको पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले बताए। जारी छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता खरेलसमेत सहभागी छन्।