आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

काठमाण्डाै - ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सेना परिचालन गरी पुनर्निर्माणका लागि सहयोग गर्ने समेत बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । गएको ग्रीष्मकालमा ब्रिटिस कोल...

सम्बन्धित सामग्री

क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ। भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो। आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन्। उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हाल वासिङटन डिसीमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सशस्त्र बलले उद्धार…