काठमाडौँ। उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ […]