विभिन्न तीनवटा प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
पार्टी मुख्यालय सानेपामा बिहीवार बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति एवं प्रतिष्ठानसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित गरेको केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
बैठकमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी थिएनन् ।
पदाधिकारी थप गर्नका लागि विधान संशोधन प्रस्ताव ल्याउन लागेको थाहा पाएको भन्दै वरिष्ठ नेता ...