नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर